
काठमाडौं, २३ पुस । चर्को ऋण लगानी गरेर सर्वसाधारण ठगी गर्ने रामबाबु यादव पक्राउ परेका छन्
आज जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई सर्लाहीबाट पक्राउ गरेको हो । सर्लाहीको हरिपुर चेकप्वाइन्टबाट पक्राउ गरेको डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए । उनी राजपाका केन्द्रीय सदस्य हुन् ।
चर्को ऋण लगानी गरेर सर्वसधारण ठगी गरेको भन्दै सर्लाहीका तीन दर्जन पीडित काठमाडौं आएपछि उनलाई पक्राउ गरेको हो । सर्लाही वरहथवाका रामबावु राय यादव र ब्रह्मपुरी भित्रुवनगरका सन्जय साह रौनियारले आफूहरुमाथि ठगी गरेको भन्दै पीडित न्यायको खोजी गदै काठमाडौं आइपुगेका छन् । यस घटनाका पीडितहरु काठमाडौं आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।








प्रतिक्रिया दिनुहोस्