ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको पत्रकारितालाई स्वर्णयुगमा बदल्नुपर्छ– मन्त्री बाँस्कोटा


admin
पुस २३, २०७६ बुधबार  ५ : २४ बजे

काठमाडौं, २३ पुस  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उहाँले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने स्पष्ट गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको छ, म पनि वर्षौँसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।” सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिनुभयो । “अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गर्नुभयो । आफू मन्त्री भएपछि रु पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पु¥याइने जानकारी उहाँले दिनुभयो । शङ्काका भरमा पत्रकारिता गर्नु गलत भएको हो भन्दै उहाँले गल्ती गर्नेलाई छाड्न नहुने पनि बताउनुभयो । पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उहाँले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घको दवावपछि नै ‘प्रेस जगत्लाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन सरकारले समिति बनाएर छलफल गरिरहेकोे जिकिर गर्नुभयो । महासङ्घका उपाध्यक्ष दिलीप थापा मगर र पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याइएका विधेयक सच्याउनुपर्ने सुझाव दिनुभयो । स्थापना दिवसका अवसरमा ‘दवाव’ साप्ताहिकका सम्पादक तथा महासङ्घ उपत्यका प्रदेश सचिव अमर भुजुलाई रु दुई हजार पाँच सयसहितको मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई रु १० हजारसहितको भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरियो । पत्रकार भुजुले भने आफूले पुरस्कार पाएको रकममा रु दुई हजार पाँच सय थपेर महासङ्घको संस्थागत विकासलाई भन्दै रु पाँच हजार भक्तपुरलाई प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com