
काठमाडौं, २३ पुस । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गृहमन्त्रालयमा कार्यरत प्रहरीवाट कुटिएका छन् । प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको हो । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिट गरेको प्राधिकरण कर्मचारीले जनाएका छन् । प्रहरीको कुटाईवाट २ कर्मचारी घाईते भएका छन् । मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक सई प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको बताइएको छ । जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले घनाको पुष्टि गर्नुभएको हो। उहाँले प्रहरीवाट आफ्ना कर्मचारी कुटिएको बताउनुभयो । पौडेलका अनुसार कुटिनेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का हुन् ।
प्रहरीको कुटाईवाट खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको पौडेलले बताउनुभयो । दुवैजना घाईतेको उपचार भइरहेको छ । पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका हुन् । प्रहरीका अनुसार प्राधिकरणको गाडीले प्रहरीको गाडीलाई ठक्कर दिएपछि विवाद भएको जनाएको छ । कुटपिटमा संलग्न दुवै प्रहरी गृहमन्त्रालयमा कार्यरत हुन् ।
बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहका अनुसार घटनामा संलग्न भएको भन्दै हवल्दार राईसँगै सशस्त्रकै सहायक प्रहरी निरिक्षक प्रविण राई पनि प क्राउ परेका छन्। कुटपिटमा संलग्न प्रहरी दुबै नातामा दाजुभाइ भएको डिएसपी सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्