ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी प्रतिवद्धतापछि उखु किसानको आन्दोलन फिर्ता, यस्तो छ सम्झौता ( भिडियोसहित)


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार   १० : ०७   बजे

काठमाडौं, २१ पुस ।  ५ वर्ष देखिको २० हजार उखु किसानको भुक्तानी नभएपछि किसानहरुले आन्दोलन गरेका हुन् । चिनी मिल संचालकहरुले किसानको उखुको भुक्तानी नदिएपछि आन्दोलित किसानहरुको माग सम्बोधन गर्ने कागजी प्रतिवद्धता गरेको छ सरकाररले । सरकारले माघ पहिलो साताभित्र भुक्तानी रकम असुली गराउने आश्वासन दिएपछि आन्दोलन रोकिएको हो ।

सरकारले माघ ७ भित्र उखु किसानका सबै रकम भुक्तानी गर्ने प्रतिवद्धता गरेको छ । सरकारी कागजी प्रतिवद्धतापछि उखु किसानले आफनो आन्दोलन फिर्ता गरेका छन । उखु किसानसंग भएको पाचबुदे सहमतिमा सरकारले उद्योगबाट किसानले पाउनु पर्ने भुक्तानी का लागि लिखित प्रतिवद्धतापछि किसानले आन्दोलन रोकेका हुन् ।

उद्योग मन्त्रालय र पीडित किसानबीच सहमतिअनुसार चिनी मिलबाट भुक्तानी सुनिश्चिता गरिएको छ ।सहमतिपत्रमा उखु किसानहरु र मन्त्रालयका सहसचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् । पीडित उखु किसानको सम्पूर्ण बक्यौता रकम आगामी माघ ७ गतेभित्र उद्योगबाट उपलब्ध गराउने प्रतिबद्धतासहित सहमति गरिएको हो । यता किसानहरुले सहमतिअनुसार बक्यौता रकम उपलब्ध नगराए माघ ८ गतेदेखि सशक्त आन्दोलन चेतावनी समेत दिएका छन ।

त्यस्तै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने सहमति समेत भएको छ ।
सहमति पत्रमा उखुको उत्पादकत्व बढाउन, किसानलाई समयमै मल, बिउ, मेसिनरी उपकरण उपलब्ध गराउन, चिनी उद्योगलाई आत्मनिर्भर बनाउन, चिनी निर्यातका लागि सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी दिने प्रतिवद्धता जनाएको हो ।
यस्तै सरकारबाट उखु किसानले पाउनुपर्ने उत्पादन प्रोत्साहन अनुदानका विषयमा सहमति गरिएको छ ।

सरकारले प्रति क्विन्टल ६५ रुपैया २८ पैसा अनुदान उपलब्ध दिने भनिएतापनि किसानले अझै पाएका छैनन् । अनुदान रकम किसानले प्राप्त नगरेको बिषयमा मन्त्रालयले समयमै पर्याप्त निकासाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने सहमति भएको छ । २ हप्ताको काठमाडौको आन्दोलन पछि उखु बेचर रकम नपाएका देशभरका २० हजार किसानले उखुको मुल्य पाउछन् कि भन्ने आशा त छ । तर सरकारले पहलकदमीमा कति इमान्दारिता देखाउछ त्यो हेर्न केही समय कुर्र्नै पर्ला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group