ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी नेतृत्व एकलौटी चले पार्टीलाई नै घाटा– नेता केसी


admin
पुस १९, २०७६ शनिबार  ६ : ५५ बजे

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो ।नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पर्न लागि परेको छ”, उहाँले भन्नुभयो, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सके मात्रै पार्टीको हित हुन्छ ।”

सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ  यसैगरी नेता केसीले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।तनहँुको ब्यास नगरपालिका–३ स्थित सत्यवती बचत तथा ऋण सहकारी संस्थाको ८ आँै वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो ।

नेता केसीले सहकारी देश विकासको खम्बा भएकाले अनुत्पादक क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाए मात्रै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, तनहुँ सहकारी सङ्घका अध्यक्ष श्रीप्रसाद भट्टराई लगायतले यसलाई नमूना सहकारीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
‘हाम्रो भरोसा हाम्रो पहिचान, सत्यवती सहकारी साझा अभियान’ भन्ने मूल नारालाई आत्मसात गरी समुदायमा रहेका सर्वसाधारण जनताको आर्थिकस्थिति मजबुत बनाउन, समुदायमा छरिएर रहेका निस्कृय पूँजीलाई एकीकृत गरी योजनागत रुपमा व्यक्ति तथा सामूहिक लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक विकासका लागि लगानी गर्न सहकारीले काम गर्दै आएको सहकारीका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो ।

नौ सय १४ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी रु ९७ लाख ९२ हजार रहेको छ । चालू आवमा शेयर सदस्य एक हजार एक सय र शेयर पूँजी रु एक करोड ५० लाख पु¥याउने लक्ष्य राखिएको छ ।कार्यक्रममा असल ऋणीको रुपमा धनराज क्षेत्री, उत्कृष्ट बचतकर्ताको रुपमा सरस्वती न्यौपाने, उत्कृष्ट दैनिक बचतकर्ताको रुपमा रमा वाग्ले, ज्येष्ठ नागरिक बचतकर्ताको रुपमा रुद्रनिधि लौडारी र उत्कृष्ट कर्मचारीको रुपमा मिना कुँवर क्षेत्रीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com