ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलगत कचिङ्गल : ‘संसद् बन्धक’


admin

काठमाडौं, १९ पुस । प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी नेकपामा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन थालेको छ । नेकपाकै कारण सभामुख छनोट प्रक्रिया लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र प्रणाली नबसेका देखिएको हो । नयाँ सभामुख निर्वाचनका लागि आह्वान गरिएका प्रतिनिधिसभाको बैठक पटक–पटक सूचना टाँस गरी स्थागित हुँदै आएको छ । यो अनिर्णीत अवस्थाप्रति दलका नेता नै दिक्क भएका छन् ।

नेकपाका नेता सुरेन्द्रकुमार कार्कीले छिनभरमै सम्बोधन गर्न सकिने भएपनि प्रवृत्तिगत कारण सभामुख छनोटमा विलम्ब भएको बताउनुभयो । नेकपामा बौद्धिक व्यक्तित्वका रुपमा परिचित कार्की भन्नुहुन्छ, “सभामुखका लागि नाम चयन प्रक्रियाका मापदण्ड र प्रणाली व्यक्ति विशेषको विवेकमा रहिआएको हुँदा छनोट प्रक्रिया लम्बिएको हो, शीर्ष तहबाट प्राथमिकतामा राखेर यो विषयलाई छिटो टुङ्ग्याउनुपर्छ ।”पार्टीको सचिवालय तथा स्थायी समितिका बैठकमा अझै यो विषय प्रवेश नभएको अभिव्यक्तिले सभामुख छनोटलाई संवेदनशीलतालाई कम आँकलन गरिएको हो कि भन्ने प्रश्न उठेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले सङ्घीय संसद्बाट राजीनामा दिएपछि तीन महिनादेखि सभामुख पद खाली छ । जसका कारण प्रतिनिधिभाको हिउँदे अधिवेशन प्रभावित हुँदै आएको छ ।

लोकतान्त्रिक राजनीतिक प्रणाली अपनाइएको मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको प्रमुखलाई विशिष्ट पदाधिकारीको सम्मान व्यक्त गर्ने परम्परा छ । नियमितभन्दा यस पटक केही समयअघि सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु भए पनि हालसम्म सभामुखको चयन हुन नसक्दा प्रतिनिधिसभा नेतृत्वविहीन बन्न पुगेको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्नुहुन्छ, “नेकपाभित्र भागबण्डा नमिलेपछि देश अनिर्णयको बन्दी भयो, यो अप्रजातान्त्रिक चरित्र हो ।” राजनीतिक संस्कार, पार्टी पद्धति र जनचाहनाअनुसार चल्नुपर्नेमा पद प्राप्तिका लागि गुट–उपगुट हुने कम्युनिष्ट चरित्र नभएको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा एकीकरण हुँदाका बखत एनेकपा माओवादीको भागमा परेको सभामुखमा अब कसले पाउने भन्नेमा सहमति हुन नसकेका कारण सभामुख प्रक्रिया रोकिएको हो । यद्यपि, सभामुख चयन प्रक्रियाका लागि सङ्घीय संसद् सचिवालय तयारी अवस्थामा रहेता पनि शीर्ष तहमै नाम छनोटमा सकस देखिएको छ । नेकपाका नेता सत्यनारायण मण्डलले आकाङ्क्षी धेरै भएकाले ठीक व्यक्तिको छनोट गर्न केही समय लागेको भए पनि विलम्ब गर्न नहुने बताउनुभयो ।सभामुख पदका लागि वर्तमान उपसभामुख डा शिवमाया तुम्वाहाङफे, पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । संविधानतः सभामुख र उपसभामुख एउटै दल र एउटै लिङ्गको हुन नहुने भएकाले उपसभामुखको राजीनामा पछिमात्र सभामुखको निर्वाचन प्रक्रिया आरम्भ हुने नेकपाका केही नेताहरुले बताउँदै आएका छन् ।

उता, उपसभामुख डा तुम्वाहाङ्फेले भने दलबाट निर्देशन आएमा सभामुखको निर्वाचन अगाडि नै आफूले मार्ग प्रशस्त गर्ने स्पष्ट पार्दै आउनुभएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको यतिका दिन भइसके पनि पूर्वएनेकपा माओवादी र नेकपा एमालेबीच सभामुखका लागि आ–आफ्नो अडानका कारण सभामुख चयन प्रक्रिया ओझेलमा परेको हो । यो लोकतान्त्रिक व्यवस्थाका लागि सुहाउँदो विषय होइन ।त्यसो त संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस पनि आन्तरिक कचिङ्गल फसेकाले पनि उसले सही तवरले खबरदारी गर्न सकेको छैन । काँग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकले एउटा राजनीतिक दल विशेषका कारण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सिङ्गो संसद्ले नेतृत्व पाउन नसकेर बन्दक भएको प्रतिक्रिया दिनुभयो । उहाँले यस अवस्थाले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई मजाक उडाउने काम भएको आरोप लगाउनुभयो । नेपाली काँग्रेसले सभामुखको चयन यथाशीघ्र होस् भनेर आवाज उठाइरहेको बताउँदै उहाँले यति विलम्ब हुन्थ्यो भने हतारमा संसद् आह्वान किन गरेको भनी प्रश्न गर्नुभयो ।

सभामुख चयनको एजेन्डामै लामो समय व्यथित गर्नुपर्ने अवस्थाले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक फेरि पनि ओझेलमा पर्ने त होइन भन्ने प्रश्न उठेको छ । सभामुख चयन प्रक्रिया लम्बिँदा सत्तारूढ दलबीच गुट तथा उपगुट सिर्जना हुन सक्ने खतरा उत्पन्न हुने र नेताको निर्णय क्षमताप्रति प्रश्न उठ्ने अवस्था आउन सक्ने परिस्थितिलाई शीर्ष तहले समयमै हेक्का राख्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com