ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षभित्रै प्रदेशका सबै घरमा खानेपानी पुग्छ– मुख्यमन्त्री पोखरेल


admin

 

काठमाडौँ,  १८ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्रै प्रदेश नं ५ को प्रत्येक घर, विद्यालय र सार्वजनिक क्षेत्रमा खानेपानी पुग्ने बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले सबैको घरमा पानी जसरी पनि पु¥याउन अभियान थालेको बताउनुभयो । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय पानीको अभावको कारण सरसफाइमा चुनौती देखिएको हुँदा सरकारले पानी उपलब्धताको लागि अभियान थालेको पनि जानकारी दिनुभयो । “हामीले प्रदेशका सबै सामुदायिक विद्यालयमा शौचालय बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेका छौँ ।” उहाँले भन्नुभयो, “प्रत्येक विद्यालयमा छात्रछात्राको लागि अलगअलग शौचालय बन्न थालेका छन् तर पानीको अभावले शौचालय उपयोगमा समस्या आएको देखिएको छ ।”

कार्यक्रममा बोल्दै उहाँले युवालाई देशमै स्वरोजगारका ढोकाहरु खोज्न आग्रह गर्नुभयो । उहाँले देशमा हुने स्वरोजगारका कामलाई सानातिना भन्दै काम नगरेर युवा खाडीको तातोघाममा जस्तौसुकै काम गर्न जानु दुखद् भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले हाम्रो गाउँशहरमा कपाल काट्ने, तयारी कपडा बिक्री गर्ने, मिठाइ बनाउने, कपडा सिलाउने, भाडा बनाउने, फलफूल बेच्ने, साइकल, मोटरसाइकल बनाउनेलगायत काम छिमेकी देशबाट आएर अरुले गरिरहेको तर यहाँका युवाले त्यसलाई कामै नठानेको धारणा व्यक्त गर्नुभयो ।

देशभित्रै दैनिक नगद कमाउने कामलाई युवाले गर्न नमाने भन्दै आमसञ्चार माध्यमले अब युवालाई सामाजिक चेनता विस्तारको काम गर्न आग्रह गर्नुभयो । विसं २०६४ मा स्थापना भएको गणतन्त्र राष्ट्रिय दैनिकले सामुदायिक विद्यार्थीलाई न्यानो कपडा, झोला, छात्रालाई स्यानिटरी प्याड वितरण गरेको थियो भने स्वरोजगारमा लागेर राम्रो काम गरिरहेका युवालाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com