ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ लाई सुन्दर पर्यटकस्थल बनाउँछौं– मुख्यमन्त्री राई


admin

काठमाडौं, १६ पुस ।नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ । स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान, लाखेनाच, नेपाल स्काउट, विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई सुन्दर पर्यटकस्थल बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रबाट ग्रार्हस्थ उत्पादन अगामी दिनमा १।५ प्रतिशतबाट ५ प्रतिशत बनाउने भन्दै यस क्षेत्रको समग्र विकास गरी गरीबी निवारण र रोजगारी सिर्जन गरिने बताउनुभयो । प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले यसको पूर्वाधार विकासमा लागि परेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रको विकास गरी यस क्षेत्रमा आगामी दिनमा ३२ हजार रोजगारी सिर्जना हुने दावी गर्नुभयो । अध्यायन र अनुसन्धानका लागि यो प्रदेश निकै महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकास गरी समृद्धिको आधार तयार हुने धारणा राख्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले हामीसँग प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन सकेन, अब मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनले यी सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटकस्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले पर्यटक मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन नसक्ने भन्दै प्रदेश नं १ भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान बनाएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्नुभयो । नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा मनाउन विस २०७४ साउन २९ गते घोषणा गरेको थियो ।

प्रत्येक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन तीव्र गतिमा काम गरिरहेको पाइएको छ । यही सन्दर्भमा नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा मनाउन सरकारले छनोट गरेको १०० गन्तव्यस्थानमा प्रदेश नं १ मा १६ स्थान रहेको छ । यी सबै स्थानको विकास विस्तर एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com