ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्र्याक्टरले किचेर चालकको मृत्यु


admin
पुस १५, २०७६ मंगलबार  २ : १३ बजे

 

तनहुँ,१५ पुस। तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ ।

ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । “ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” प्रवक्ता लामिछानेले भन्नुभयो । अति विपन्न परिवारलाई सोलार तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएको घरधुरी छनौट गरी बन्दीपुर गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सोलार वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो “बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौँ,” उहाँले भन्नुभयो, “अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।”

सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्वासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको जनाइएको छ । गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सोलार पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गर्नुभयो । बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताउनुभयो । गाउँपालिकाले केही समय अगाडि बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, निरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सोलार वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com