ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछ्यौटेपनविरुद्धको लडाईंले मात्र समृद्धि आउँछ– मन्त्री बाँस्कोटा


admin

काठमाडौं, १४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजिक पछ्यौटेपनविरुद्धको लडाईंबाट नै सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार हुनसक्ने बताउनुभएको छ ।

प्रेस क्लबद्वारा आज यहाँ आयोजित ‘सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडिया’को भूमिका विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “विकास हुन नसक्नुको कमजोरी र सुधार गर्नुपर्ने पक्ष पत्ता लगाई समृद्धिको यात्रामा हिँड्न जरुरी छ ।” नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले समाजिक ‘सोसाइटी’लाई उन्मुक्ति गर्न सकिएमा समृद्धि आउन सक्ने बताउँदै विकासका लागि सञ्चारमाध्यम ‘पार्टनर’ बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मिडियाको भूमिका जे छ त्यो गर्नुपर्छ, सकारात्मक सन्देश दिन जरुरी छ ।” सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक पत्रकारितासंग सम्बन्धित विषय नभएको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले अहिले व्यवस्थित सोचका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै एउटा पाटोबाट मात्र नभई अनेकौँ पाटोबाट समाज विकासको कुरा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र निर्माणको नयाँ युगको शुरुआत प्रधामन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो । त्यसमा हामी सबैले साथ दिन सक्नुपर्छ ।”सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले समाज विकासका लागि मिडियाको भूमिका ‘रामवाण’ हुने भएको बताउँदै प्रदेशको समग्र विकासमा सरकारले मिडियाको सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठक, प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, पत्रकार उमीद बागचन्द, दीर्घराज उपाध्याय, हेमन्त पौडेललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com