ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानकै खातामा अनुदानको रकम उपलब्ध हुन्छ– मन्त्री भुसाल


admin
पुस १४, २०७६ सोमबार  ७ : ०८ बजे

काठमाडौं, १४ पुस । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा उहाँले उत्पादन क्षेत्र बलियो नभएसम्म मुलुकमा विकास र समृद्धि हासिल गर्न कठिनाइ हुने धारणा व्यक्त गर्नुभयो ।

उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको बताउँदै मन्त्री भुसालले आगामी दिनमा किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुवै मारमा परेको अवस्था रहेको बताउँदै उहाँले सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने बताउनुभयो ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तयारीबिना मुलुकलाई आत्मनिर्भर गर्ने भनेर कृषिजन्य आयातमा भन्सार बढाउँदा उपभोक्ता मारमा परिरहेको बताउनुभयो । नेपाली उत्पादनलाई निर्यात गर्ने सन्दर्भमा गुणस्तर चिन्ह र प्याकिङजस्ता विषयमा प्रश्न उठाइएको अवस्था रहेको बताउँदै उहाँले मुलुकको ग्रार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिएको कृषि क्षेत्रको विकासका लागि कृषकलाई मलखादमा अनुदान, कम ब्याजमा ऋण, शीतभण्डारणको सुविधा र बजारको व्यवस्था हुनुपर्छ भन्नुभयो ।

सो अवसरमा चेम्बर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, कृषि समितिका सभापति कृष्णमान श्रेष्ठ, कृषिविज्ञ शरद्चन्द्र श्रेष्ठ, कृषक मिङमार शेर्पा, नेपाल जडीबुटी सङ्घका प्रतिनिधि गोविन्द घिमिरेले अनुकूल हावापानी र माटोको परीक्षण गरी पकेट क्षेत्र तोकेर व्यावसायिक खेती गर्न सरकारले कृषकलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता अघि रूसको चेतावनी — ‘अवसर नबिगार्नु’

संविधानमाथि छेडखानी गरे सडक र सदनबाट प्रतिवाद गर्ने रास्वपालाई प्रचण्डको चेतावनी

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com