काठमाडौं, १४ पुस । नेपाली काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य जोशीले सहमतिमा महाधिवेशनको मिति घोषणा गर्न र पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्छ भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्