ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरण गरेपछि….


admin
पुस १४, २०७६ सोमबार  २ : १८ बजे

बाँके,१४ पुस । बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा छैन ।

नेपालगञ्ज उपमहानगरपालिका—४ को आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका राजकश्यप आफूलाई यस्तो नियमबारे कसैले नभनेको र थाहा नपाएको बताउनु हुन्छ । उहाँ उक्त विद्यालय सञ्चालक समितिको सदस्य हुनुहुन्छ ।

विद्यालय क्षेत्रमा नियमविपरीत पसल सञ्चालकले सुर्ती तथा मादक पदार्थ बिक्री गरिरहेको अभिभावकको गुनासो धेरै आएपछि नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्ष मुनिका विद्यार्थीलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ । तर, यो सूचना कसैले टेरेका छैनन् । सूचना जारी गरेको चार महिनामा एकपटक पनि अनुगमन गरिएको छैन । शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापा भन्नुहुन्छ, “अनुगमन हामीले गर्ने होइन, यो दायित्व त स्थानीय प्रशासनको हो ।”बालबालिकाको भविष्यसँग खेलबाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्ने सूचना जारी गर्ने, अनुगमनमा बेवास्ता गर्नु र सम्बद्ध कार्यालयबीच समन्वय नहुँदाका कारण नियम कार्यान्वयनमा चुनौती देखिएको छ ।

“निर्णयकार्यान्वयनको प्रयास नभएको होइन, तर विद्यालय क्षेत्रमा स–साना पसल सञ्चालन गर्नेले आफ्नो रोजीरोटी खोसिन लाग्यो भनेर होहल्ला गरेर विषयलाई अन्यत्र मोड्न खोजेपछि चुनौती थपिएको हो” नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भन्नुभयो । गतबिहीबार बागेश्वरी असल शासन क्लब बास को सहजीकरणमा उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाइमा नगरप्रमुख डा धवलशम्शेर राणाले विद्यालय आसपासमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन पहलगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सार्वजनिक सुनुवाइमा जारी गरिएको १० बुँदे प्रतिबद्धतापत्रमा नगरप्रमुख, उपप्रमुखलगायत वडाध्यक्षहरुले विद्यालय क्षेत्र नजिकका पसललाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न नदिइने हस्ताक्षर गरे पनि त्यसको कार्यप्रगति शून्यभन्दा माथि उठ्न सकेको छ्रैन । बाँकेमा सामुदायिक २५१ र संस्थागत १७६ विद्यालयमा झण्डै डेढ लाखविद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता अघि रूसको चेतावनी — ‘अवसर नबिगार्नु’

संविधानमाथि छेडखानी गरे सडक र सदनबाट प्रतिवाद गर्ने रास्वपालाई प्रचण्डको चेतावनी

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com