नवलपुर, १४ पुस । गए राति नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आगजनी भएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । आगजनीबाट कावासोती नगरपालिकाको वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
उता, अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले बताएकी छिन् । घटनाको जिम्मेवारी अहिले सम्म कसैले नलिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्