ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बांके बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाबाट : प्रदेश पर्यटनमन्त्री गिरी


sharan sharan
पुस १३, २०७६ आईतबार   ४ : १२   बजे

बुटवल, १३ पौष
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाबाट गर्न लागिएको बताउनु भएको छ ।
भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रदेश पर्यटन मन्त्रालयले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिले बांके र बर्दियामा कर्णाली प्रदेशमा गाभ्ने चर्चा चलेका बेला त्यहांका जनताको मन जित्न बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्न थालिएको स्पष्ट पार्नुभयो ।
उहांले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष तालिका अनुसार नै संचालनमा रहेको दाबी गर्दै कानुन नबन्दै भ्रमण वर्षको घोषणा गरिएकाले केहि कमी भएको हुन सक्ने स्विकार गर्नुभयो । संघिय सरकारको भ्रमण वर्षको लागि प्रदेश सरकारले बजेट नछुट्याएको बताउंदै केनद्रबाट २५ लाख प्राप्त भएको मन्त्री गिरिले जानकारी दिनुभयो ।
भ्रमण वर्षको दिन सुरु हुंदा समेत अन्तराष्ट्रिय बिमान स्थलको काम नसकिएको प्रति आफु आश्यर्यमा परेको बताउंदै फेरी ३ महिना म्याद थप्न निबेदन परेको आफुले पत्रिका परेर थाहा पाएको बताउनु भयो ।
संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पौष १६ गते बर्दियाको ठाकुरद्धाराबाट प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम राखिएको छ । भ्रमण वर्षको उदघाटन नजिक आईरहेका बेला लुम्बिनी भ्रमण वर्ष सुरु भएपछि लुम्बिनीमा भ्रमण गर्न आउने पर्यटक घटेको तथ्यांक सार्वजानीक भएको छ । तर पत्रकार सम्मेलनमा मन्त्री गिरिले पर्यटक घटेको कुरा असत्य भएको बताउनु भएको थियो । प्रदेश सरकारले बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्ने बताए पनि बर्दियाबाट प्रदेशको राजधानी पुग्न कम्तीमा ३ वटा गाडी बदल्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group