ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बांके बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाबाट : प्रदेश पर्यटनमन्त्री गिरी


sharan sharan

बुटवल, १३ पौष
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाबाट गर्न लागिएको बताउनु भएको छ ।
भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रदेश पर्यटन मन्त्रालयले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिले बांके र बर्दियामा कर्णाली प्रदेशमा गाभ्ने चर्चा चलेका बेला त्यहांका जनताको मन जित्न बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्न थालिएको स्पष्ट पार्नुभयो ।
उहांले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष तालिका अनुसार नै संचालनमा रहेको दाबी गर्दै कानुन नबन्दै भ्रमण वर्षको घोषणा गरिएकाले केहि कमी भएको हुन सक्ने स्विकार गर्नुभयो । संघिय सरकारको भ्रमण वर्षको लागि प्रदेश सरकारले बजेट नछुट्याएको बताउंदै केनद्रबाट २५ लाख प्राप्त भएको मन्त्री गिरिले जानकारी दिनुभयो ।
भ्रमण वर्षको दिन सुरु हुंदा समेत अन्तराष्ट्रिय बिमान स्थलको काम नसकिएको प्रति आफु आश्यर्यमा परेको बताउंदै फेरी ३ महिना म्याद थप्न निबेदन परेको आफुले पत्रिका परेर थाहा पाएको बताउनु भयो ।
संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पौष १६ गते बर्दियाको ठाकुरद्धाराबाट प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम राखिएको छ । भ्रमण वर्षको उदघाटन नजिक आईरहेका बेला लुम्बिनी भ्रमण वर्ष सुरु भएपछि लुम्बिनीमा भ्रमण गर्न आउने पर्यटक घटेको तथ्यांक सार्वजानीक भएको छ । तर पत्रकार सम्मेलनमा मन्त्री गिरिले पर्यटक घटेको कुरा असत्य भएको बताउनु भएको थियो । प्रदेश सरकारले बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्ने बताए पनि बर्दियाबाट प्रदेशको राजधानी पुग्न कम्तीमा ३ वटा गाडी बदल्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com