भारत,१३ पुस । भारतमा चिसोका कारण जनजीवन कष्टकर भएको छ ।
राजधानी दिल्ली चिसोले सन् १९९७ पछि २२ वर्ष पुरानो रेकर्ड तोडेको छ । भारतमा चिसोले ५९ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा लगातार ११ दिन चिसो भएको छ ।
यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलो पटक हो । यस्तो चिसो १०० बर्षको अवधिमा चार पटक मात्र भएको छ । चिसो बढेपछि दिल्लीसहित ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मौसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो । भारतका धेरै ठाउ“मा न्यूनतम तापक्रम माइनसभन्दा तल छ । चिसोले मानिसहरु थरथर काप्दै छन् । दिल्लीमा चिसोबाट बच्नका लागि प्लास्टिकको ओडेर सुत्ने गरेका छन् ।
यसपटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ । हिमाचल प्रदेशमा शीतलहर जारी छ ।
प्रतिक्रिया दिनुहोस्