ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – पूर्वप्रधानमन्त्री खनाल


admin
पुस १२, २०७६ शनिबार  ३ : २५ बजे

काठमाडौं, १२ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताउनुभयो ।

“अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो”, पूर्वमन्त्री खनालले भन्नुभयो । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पूँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताउनुभयो । “राष्ट्रिय पूँजीको विकास भनेको यस्तो पूँजी हो जसले रोजगारी सिर्जना गर्छ”, मन्त्री भुसालले भन्नुभयो ।

माक्र्सवादी चिन्तक गोपीरमण उपाध्यायले श्रमको मालिक श्रमिक आफैँ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपा का केन्द्रीय सदस्य प्रेमकुमार खनालको ‘अबको श्रम आन्दोलन र श्रम क्रान्ति’ नामक पुस्तक लोकार्पण भएको थियो । उक्त पुस्तक आठ खण्डमा विभाजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com