ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल पौवाले २० प्रकारका नेपाली रैथाने खानाको प्रवद्र्धन गर्ने, भैरहवामा न्यू इयर इभ विशेष कार्यक्रम हुने


एबीसी न्यूज
पुस ११, २०७६ शुक्रबार   २ : ०४   बजे

भैरहवा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ ।

भैरहवामा पौवाले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा  न्यू इयर इभ २०२० विशेष कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दैै आएको  पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागको जनाएको छ । कार्यक्रममा सुगम संगीतका धरोहर गायक प्रमोद खरेल, गायीका टिका प्रसाईं, हास्य नायक राजा राजेन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहने होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले बताउनुभयो ।

नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई होटल स्वागत गर्न आतुर रहेको बताउँदै विदेशी पर्यटकलाई नेपाली स्थानीय खानाका परिकार विशेष छुट्का साथ खुवाउने शुभओम कम्पनीका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो । ‘होटल पौवा : जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मुलमन्त्र बोकेको होटल पौवाले विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनुका साथै आफ्ना खानामा परिमार्जन गर्न लागेको समेत अध्यक्ष थापाले बताउनुभयो ।

होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले नेपाली रैथाने खानालाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा लागेको बताउनुभयो । सुरुवाती चरणमा विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना हाम्रो मेनुमा समावेश गरेको बताउदै प्रदेश ५ सरकारले इतिहास बोकेको सुजता खीरलाई प्रदेशको चिनारीको रुपमा अघि सारेको महाप्रबन्धक भण्डारीले जानकारी गराउनुभयो ।

सुजता खीरलाई नियमित डेजर्टमा समावेश गर्ने र भ्रमण वर्ष २०२० को अवसरमा यस होटलबाट सेवा लिने सबै विदेशी पर्यटकलाई १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । होटल पौवाले प्रदेश नम्बर पाँचका पर्यटकीय सम्भावना बोकेका ठाउँमा शाखा खोलिसकेकोले यस आर्थिक वर्षमा पश्चिम क्षेत्रमा तीव्रताका साथ होटल सञ्चालनमा ल्याउने बताउँदै आगामी दस वर्ष भित्र होटल पौवाका देशव्यापी रुपमा १ सय शाखा खोल्ने तयारी रहेको पत्रकार सम्मेलनमा होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group