एजेन्सी – काजकिस्तानको अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गरेको एउटा विमान आज शुक्रबार स्थानीय समयअनुसार विहान ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको छ ।
बेक एयरलाइन्सको सो विमान अलमाटी शहर नजिकै दुर्घटनामा परेको हो । विमानमा एक सय जना सवार रहेको बताइएको छ ।
दुर्घटनामा सात जनाको मृत्यु भएको जनाइएको छ । केही यात्री बाँचेका आशंका छ । विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए ।
प्रतिक्रिया दिनुहोस्