ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मको उद्देश्य भनेको शान्ति र समानताको खोजी नै हो– उपराष्ट्रपति पुन


admin

काठमाडौं, १० पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताउनुभएको छ । राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक परम्पराका साथै मिश्रित बसोबास रहेको बताउँदै विविधतायुक्त चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली समाजमा रहेका फरक–फरक जाति र संस्कृतिले हाम्रो भातृत्व कायम राख्ने उहाँको भनाइ थियो ।

कुनै पनि धर्मको उद्देश्य भनेको शान्ति र समानताको खोजी नै भएको बताउँदै उहाँले धर्मका नाममा हिंसा गर्न नहुनेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले सबै धर्मावलम्बीले एकापसमा सबैका धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकार्नु आवश्यक रहेको उल्लेख गर्दै नास्तिक वा आस्तिक हुने विचार व्यक्तिको आत्मनिर्णयको अधिकार भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले संविधानमा धर्मनिरपेक्ष लेखिएकाले क्रिश्चियनलगायत सबै धर्मावलम्बीले आ–आफ्नो परम्परालाई अभ्यास गर्न पाउने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता सत्या पहाडीले सामाजिक विविधताको अन्त्य गर्नका लागि धार्मिक परम्पराको महत्व हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com