
काठमाडौं, ९ पुस । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र भएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन्’ उनले भने ‘बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’ उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।
तर, छोरीको लालन पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।








प्रतिक्रिया दिनुहोस्