ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफ्रिकन युनियनले जिम्बाबेको सेनाले सैन्य ‘कु’ गरेको जनायो


admin
कार्तिक ३०, २०७४ बिहीबार  १२ : ५९ बजे

काठमाण्डौं, ३० कार्तिक । अफ्रिकन युनियन एयुले जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको जनाएको छ ।

एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको काम कारबाही सैन्य ‘कू’ जस्तै रहेकाले तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेका छन् । तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उनीमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ । जिम्बाबेको सेनाले हिजो राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएको थियो । सेनाले सरकारी टेलिभिजन पनि आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले राजधानी हरारेमा कडा सुरक्षा गस्ती गरिरहेको छ । आफूहरुले अपराधीलाई निशाना बनाएको सेनाको भनाई छ । कतिपय विश्लेषकहरुले भने राष्ट्रपति मुगाबेलाई हटाएर उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् । मनंगावालाई राष्ट्रपति मुगाबेलाई गएको हप्ता बर्खास्त गरेका थिए । त्यसपछि मुगाबेकी श्रीमती ग्रेस उत्तराधिकारीको रुपमा उदाएका थिए । तर सेनाले सुरु गरेको क्रियाकलापका कारण अवस्था फेरिएको छ । हरारेमा गोलाबारीको आवाज सुनिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com