ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक ब्यापार मेलाको २० औं संस्करण बुधबारबाट, उपप्रधान एवं रक्षामन्त्री पोखरेलले उदघाटन गर्ने


sharan sharan
पुस ८, २०७६ मंगलबार  १० : ०५ बजे

बुटवल, ८ पौष ।
बुटवल उद्योग बाणिज्य संघको २० औ संस्करणको औद्योगिक ब्यापार मेलाको तयारी पुरा भएको संघले जनाएको छ ।
मेलाको पुर्वसंध्यामा आज बुटवलमा मोटरसाईकल ¥यालीको आयोजना गरिएकोे छ । ¥यालीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गर्नुभएको थियो । ¥यालीको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख सुबेदीले मेलामा धेरैभन्दा धेरै उपभोक्तालाई सहभागि हुन आह्वान गर्नुभयो । मेयर सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहांले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्नेगरी सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
लगानी लुम्बिनीमा समृद्दि नेपालमा भन्ने मुल नाराका साथ सुरुभएको मेलामा ५ सय स्टल रहने र १३ करोडको काराबोर हुने आयोजक बुटवल उद्योग बाणिज्यसंघले जनाएको छ । संघका अनुसार बुधबार संघीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उदघाटन गर्नुहुने छ । त्यस्तैगरी मेलाको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरी, प्रदेश सभा सदस्यहरु, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तथा पदाधिकारीहरु, समेत सहभागि हुने कार्यसम्पादन उपसमितिका उपसंयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।मेलाको तयारीका बिषयमा एबिसी न्युजसंग कुरा गर्दै संघका अध्यक्ष खिम बहादुर हमालले मनोरन्जनका साथै नेपालका गुणस्तरिय उत्पादनहरुका बिषयमा जानकारी लिने पाउने बताउनुभयो । आयोजकले ८ लाख दर्शकले मेलाको अवलोकन गर्ने र १३ करोडको कारोबार हुने आयोजक बुटवल उद्योग बाणिज्य संघले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com