ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी पारित गर्ने विषयमा नेकपाभित्रै विवाद , इण्डोप्यासिफिक रणनीति एक अंग भएको नेताहरुको दाबी ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं,  ६ पुस ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यान्वयनको सम्बन्धमा सत्तारुढ दल नेकपा भित्रै विवाद शुरु भएको छ । एकथरी नेताहरुले यो विशुद्ध आर्थिक परियोजना भएकोले यसले नेपाललाई फाइदा पुग्ने र संसदबाटै पास गराउनुपर्ने तर्क गर्छन् , अर्काथरी नेताहरुले इन्डोप्यासेफिक स्ट्राटेजी अन्र्तगतको सैन्य गठबन्धनस“ग एमसीसीको सम्बन्ध रहेकोले यो कार्यान्वयन भए नेपालको परराष्ट्र नीतिमै खलल पुराउने भन्दै एमसीसी माथि प्रश्न उठाइरहेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद बढेको छ । नेताहरु यसको पक्ष र विपक्षमा विभक्त हुन थालेका छन् । केही नेताहरुले यसको औचित्यको प्रश्न उठाउँदै आएका छन् भने केही नेताहरुले यसको तिव्र विरोध जनाएका छन् । सरकार यसको बचाउमा लागेको छ ।

पछिल्लो समय संसदबाटै पास गराउने चर्चा चलिरहँदा यसको पक्ष विपक्षमा मत बाझिएको हो । विश्वव्यापी गरिबीलाई कम गर्नका लागि अमेरिकाले अल्पविकसित तथा विकासोन्मुख देशहरुलाई दिने सहायता नै मिलेनियम च्यालेन्ज कर्पोरेसन भनिएको छ । अहिले २० देशमा यो कार्यक्रममार्फत् अमेरिकाले विभिन्न देशमा सहयोग गरिरहेको बताएको छ । नेपालमा सन् २०१७ देखि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनको नाममा सहयोगका लागि भन्दै कार्यक्रम सुरु भएको हो । २०७५ असोज ५ गते नेपाल सरकारले ऊर्जा व्यापारलाई राष्ट्रिय गौरवको आयोजना भएकाले एमसीसीको आयोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने गरी निर्णय गर्यो । यद्यपी नेकपाभित्र एमसीसी स्विकार्न नहुने तर्क पनि उत्तिकै बलियो छ ।

इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिकाले आफ्नो साम्राज्य कायम राख्नका लागि बनाएको एउटा सैन्य रणनीति हो भन्ने आरोप पनि उत्तिकै छ । आफ्नो साम्राज्य बिस्तारका लागि अमेरिकाले नेपाल जस्ता देशमा अमेरिकी सेना तैनाथ गर्ने र निगरानी गर्ने नीति रहेको भनिदै पनि आएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गरेको छ । बिआरआई र इन्डोप्यासिफिक विश्व शक्ति राष्ट्रका प्रतिस्पर्धात्मक रणनीति हुन् । तर एमसीसी इन्डोप्यासिफिक अन्र्तगत नै हो भन्ने अवस्था नभएकोले आर्थिक परियोजना मात्रै हो भएको नेकपाका अर्का थरिका नेताको धारणा छ ।

नेकपा वृत्तमा एमसीसी प्रस्ताव पारित गर्नु ठिक हो होइन, भन्दा पनि राष्ट्रिय हितमा हो कि होइन भन्नु नै मुलुकका लागि हितकारी हुनेछ । नेपाल जस्तो सामरिक महत्वको मुलुकमा शक्तिराष्ट्रहरुको चासो बढ्दै जानुको परिणाम हुन् यी सन्दर्भ। तर, शक्ति राष्ट्रहरुको चासो बढ्नु र रणनीतिक परियोजनामार्फत नेपालमा प्रभाव पार्नु उनीहरुको विश्वअर्थराजनीतिक चरित्र हो । मुलतः, नेपालले नै ठिक या बेठिक भन्नेमा साझा बुझाइ गर्दै मुलुकको हितको पक्ष्ँमा भए विवाद गरिरहनुको औचित्य छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com