निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या भएको महिना दिनपछि प्रहरीले सुटरसहति पाच जना अभियुक्तलँई सार्वजिक गरेको हो । हत्याको मुख्य कारण फीरौती कारण हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ ।
राजधानीको शान्तिनगर स्थित प्रयागमार्गमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको एक महिनापछि प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा पाच जनालाई पक्राउ गरेको छ । प्रहरीले गौचनमाथि गोलि प्रहार गर्ने दुई जना सुटर र सुटरलाई सहयोग गर्नेलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुटर पक्राउ परेपनि हत्याका योजनाकार भनिएका समिरमान सिंह बस्नेत र मनोज पुन भने अझै पनि फरार रहेका छन । फरार अभियुक्तहरुले गौचनसंग मोटो फितौरी मागेपछि रकम नदिएकै कारण गैचनको हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ ।
प्रहरीले हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरर ल्याइ नेपाली नम्बर प्लेट राखेर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने मध्ये नुवाकोट पञ्चकन्या ५ का राजिव स्याङताङले गौचनमाथि गोली प्रहार गरेको जनाएको छ । यस्तै पर्सा कालिकामाई १ का शिवजी महतो, पर्सा ठोरी ५ का सन्तोष गुरुङ , काठमाडौ नाराजुर्न ४ का प्रकाश बुढाथाकी र भारत विहारका मुकेशकुमार पाण्डेलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी गरेको प्रहरीले जनाएको छ । यस्तै हत्यामा संलग्न समिरमान र मनोजसगै लोप्साङ बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । प्रहरीको लामो अनुसन्धान पश्चात हत्यारा प्रक्राउपरेपछि व्यवसायीसमेत प्रहरीको कुसल अनुसन्धान प्रति आभारी बनेका छन् , भने अझै घटनाको योजनकार प्रक्राउ नहुनुले व्यवसयीहरु पूर्ण बिस्वस्त हुन भने सकेका छैनन् ।
यता प्रहरीले अझै अनुसन्धान बाकी रहेको भन्दै फरार अभियुक्तहरु माथी अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्