ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?


admin

 

काठमाडौं, ३० मंसिर । “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो रु” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी रु” भनेर सोध्दा पनि विद्यार्थीले उत्तर नदिएर एकोहोरो हेरिरहे ।

गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित ज्ञानमार्ग माविमा सामाजिक अध्ययन विषय पढिरहेका ती विद्यार्थीले आफ्नै गाउँपालिकाका अध्यक्षको नाम बताउन सकेनन् वा थाहा भएर पनि उत्तर दिन हिच्किचाए । सामाजिक अध्ययन पढाउने शिक्षक रामचन्द्र अधिकारीलाई चाहिँ गाउँपालिकाका अध्यक्षको नाम होमबहादुर रानामगर हो भन्ने थाहा छ तर पाठ्यपुस्तकमा यो नलेखिएको हुनाले सायद उहाँले त्यसबारे पढाउनुभएको छैन ।

‘जनसङ्ख्या र यसको महत्व’ पाठ पढिरहेका बेला एकाएक बाहिरी विशिष्ट व्यक्तिहरु पुगेर प्रश्न सोधेकाले विद्यार्थीले उत्तर नदिएका पनि हुन सक्छन् । त्यसपछि सचिव दाहालले “सामाजिक अध्ययन भनेको के हो रु”, “जनसङ्ख्या भनेको के हो रु”, “भूगोल भनेको के हो रु” जस्ता प्रश्न गर्दा भने केही विद्यार्थीले नेपाली र अङ्ग्रेजी दुवै भाषामा सजिलै जवाफ दिए । त्यहीबीचमा राष्ट्रिय पुनः निर्माण प्राधिकरण ९शिक्षा० कार्यक्रम कार्यान्वयन एकाइ, गोरखाका प्रमुख विष्णुप्रसाद मिश्रले आफ्नो डायरी बेन्चमा राखेर त्यसको लम्बाइ र चौडाइ सोध्दा पनि विद्यार्थीले ढुक्कले उत्तर दिन सकेनन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको पछिल्लो अध्ययनअनुसार गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयमा माध्यमिक तहका विद्यार्थीको सिकाइस्तर ५० भन्दा कम रहेको छ । सो विद्यालय हालै नेपाल सरकारले छनोट गरेका ३२२ नमूना विद्यालयमध्येको एक हो । नमूना घोषित विद्यालयले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’अन्तर्गत पूर्वाधार विकासका लागि रु डेढ करोडसम्म बजेट पाउँछन् ।

कोरियाली सहयोगमा सोही गाउँपालिकाको सुन्दरबस्तीस्थित लोकरत्न सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको आइतबार उद्घाटनपछि सचिव दाहाल, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०का निमित्त कोरियाली राष्ट्रिय आयोगका महासचिव किम ख्वाङ्गो, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीलगायतको टोली सो विद्यालयको अवलोकनमा पुगेको थियो ।

सचिव दाहालले विद्यार्थीलाई सम्झाउँदै भन्नुभयो, “राम्रोसँग बुझेर पढ, नबुझेको कुरा शिक्षकलाई सोध, शिक्षकबाट उत्तर नपाए वा पढाएको चित्त नबुझे प्रधानाध्यापकलाई गुनासो गर । एक्लै गुनासो गर्न नसके समूहमा गएर भन । असल शिक्षकसँग पढ्न पाउनु तिमीहरुको अधिकार हो ।” कक्षामा शिक्षक अधिकारी उभिइरहेकाले होला विद्यार्थीले केही बोलेनन् । शिक्षक अधिकारी भने विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि कतिपय पाठ आफूहरुलाई समेत बुझाउन र विद्यार्थीलाई बुझ्न गाह्रो हुने बताउँदै हुनुहुन्थ्यो ।

भूकम्पबाट ध्वस्त भएको उक्त विद्यालयमा हाल जापान सहयोग नियोग ९जाइका० ले २१ कोठाको नयाँ भवन निर्माण पूरा गर्न लागेको छ तर विद्यालयलाई अझै कक्षाकोठाको अभाव हुने देखिन्छ । सचिव दाहालले पूर्वाधारको अवस्थाको अवलोकन गर्दै भवन निर्माणको गुणस्तर नमिलेको भए दातालाई तत्काल स्पष्टरूपमा भन्न र निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक सुनुवाइ गरेर लेखापरीक्षण गराउन निर्देशन दिनुभयो । उहाँले विद्यालय सञ्चालनको क्षेत्राधिकार स्थानीय तहको भएकाले ती तहले शिक्षा सुधारको योजना ल्याउनुपर्नेमा जोड दिँदै शिक्षकहरुसँग भन्नुभयो, “हामीलाई राजनीति गर्ने फुर्सद छ तर विद्यालय सुधार्न चासो छैन । पहिला लोकतन्त्रका लागि शिक्षकले आन्दोलन गर्नुपरेको थियो, त्यो चरण सकिएकाले अब विकास र शिक्षा सुधारमा सबै लाग्नुपर्छ । शिक्षाका लागि केन्द्र सरकारले गर्नुपर्ने नीतिगत काम गर्नेछ ।”

कूल ६४ रोपनी क्षेत्रमा फैलिएको विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद नेपालका अनुसार प्राविधिक तथा पशु विज्ञान विषयमा जिल्लाकै पहिलो सो विद्यालयमा हाल ४५० विद्यार्थी छन् । उहाँले राजमार्ग नजिक अन्य निजी विद्यालय भएकाले आसपासका विद्यार्थी निजी लगानीका विद्यालयमा जान थालेकाले आफूहरुले पनि बस सेवा दिन सकेमा विद्यार्थी सङ्ख्या बढ्ने अवगत गराउनुभयो । सचिव दाहालले सामुदायिक विद्यालयले बस किन्न चाहेमा एक प्रतिशत भन्सार छुटमा सरकारले खरिद गराइदिने तर त्यसको सञ्चालनका लागि अभिभावक वा स्थानीय तहले लगानी गर्नुपर्ने सुझाव दिनुभयो । सचिव दाहालले आफूले तराईका विद्यालयमा जस्ताको छानामुनि बसेर पढेको स्मरण गर्दै गुणस्तरीय पढाइका लागि भवनभन्दा शिक्षकको भूमिका महत्वपूर्ण भएको जनाउनुभयो । रासससँग कुरा गर्र्दै उहाँले आफू समयसमयमा यस्ता विद्यालयको अवलोकनमा निस्कने जानकारी दिनुभयो ।

विसं २००८ मा पं लोकनाथ रेग्मीले ‘भाषा पाठशाला’का रूपमा स्थापना गरेको यो विद्यालयले २०२५ मा निमावि हुँदै २०३८ सालमा माविमा परिणत भए पनि २०५२ सालदेखि मात्रै शिक्षक दरबन्दी पाएको थियो । विद्यालयमा विसं २०६४ मा कक्षा ११ र १२ को कक्षा थालनी भएको थियो । विद्यालयमा गत वर्षको माध्यमिक शिक्षा परीक्षामा साधारणतर्फ ४० जना सहभागी भएकामा चार जनाले ए प्लस ग्रेड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com