ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापन व्यवसायीलाई करको दायरामा ल्याउन कानून


admin
मंसिर २७, २०७६ शुक्रबार  ८ : ५९ बजे

काठमाडौं, २७ मंसिर । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले बर्दिया जिल्ला अस्पतालको अध्यक्षमा गुलरिया नगरपालिका–६ का अङ्गद श्रेष्ठ र महिला सदस्यमा मोहनकुमारी फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिनुभयो । यस्तै पाल्पाको रामपुर अस्पतालको अध्यक्षमा रामपुर नगरपालिका–३ का बासुदेव शर्मा र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई र तानसेनस्थित तानसेन अस्पतालको अध्यक्षमा तानसेन नगरपालिका–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा तानसेन नगरपालिका–४ की सुशीलादेवी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ । साथै, नवलपरासीको पृथ्बीचन्द्र अस्पतालको महिला सदस्यमा सरिता पौडेल नियुक्त हुनुभएको छ । यस्तै बैठकले प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गतको रुपन्देहीको सिद्धार्थनगरमा र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरी एक जना उपसचिवको नेतृत्वमा सात/सात जना कर्मचारी रहने व्यवस्थासमेत गरेको मन्त्री गिरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा जुनसुकै प्रकृतिको विज्ञापन व्यवसाय गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको नियमन गर्न र विज्ञापन सङ्कलन गर्न बनेको नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमावली स्वीकृतसँगै अब प्रदेश सरकारले विज्ञापन व्यवसायमा कर निर्धारण र सङ्कलन गर्न स्थानीय तहलाई बाटो खुला भएको छ । स्थानीय तहले यसबापत सङ्कलन गरेको जम्मा करको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com