ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमा सँगै मिचिँदै सामुदायिक विद्यालयको जग्गा पनि !!


admin
मंसिर २७, २०७६ शुक्रबार  ७ : १४ बजे

गोकर्णेश्वर,२७ मंसिर । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।

सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले वताउनुभयो । उहाँले भन्नुभयो “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”, उहाँले भन्नुभयो । बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । विद्यालयमा हाल ४६० छात्र छात्रा अध्ययन गर्दछन् ।

धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी दिनुभयो । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com