ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भित्रिन्छ भारतीय तरकारी र फलफूल


एबीसी न्यूज

सिरहा,२७ मंसिर । ब्रहरी नाकामा खटिएका प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट तरकारी नेपाल भित्र्याइँदैछ। पिपराहीमा भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर मोटरसाइकलमा लोड गरी ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी अगाडिबाटै प्रहरीको चेक पोस्ट हुँदै लहान , गोलबजार बजारसम्म ल्याउँछन्।

प्रहरी चेक पोस्ट लक्ष्मीपुर पतारी अगाडिबाट लाइन लगाएर मोटरसाइकलमा प्रहरीको चेकपोस्टसम्म आइपुग्दा प्रहरीले त्यसलाई रोक्नुका साटे उल्टै कति वटा गयो भनेर गन्दै बस्छन्। त्यसपछि कारोबारीले ड्युटीमा खटिएका प्रहरीलाई रकम बाँडछन्। एउटा मोटरसाइकलले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाडने गरेको व्यापारी स्रोतको दाबी छ।

‘भन्सारले विषादी परीक्षणका लागि पत्र लेखिदिए पछि कारोबारी सर्लाहीको मकवानपुर गएर परीक्षण गरेर ल्याउनु पथ्यौं। अनि मात्र भन्सार काटिन्थ्यो’, व्यापारी स्रोतले भन्यो, ‘अहिले त्यसो गर्न छाडिएको छ।

ठूला सवारीसाधनमा तरकारी आउँदैन सफारी,मोटरसाइकलमै ल्याउँछ। विषादी पनि चेकजाँच गर्नु परेर भन्सारलाई तिर्न राजश्व कारोबारीले प्रहरीलाई बाडदा झन्झट पनि भएन।’

तरकारीसँगै भारतबाट आयातित माछा पनि क्वारेन्टाइन चेकजाँच बिना नै भित्रिरहेको छ। नेपाली तथा भारतीय कारोबारीले माछालाई कार्टुनमा हालेर ल्याउनु पर्ने र क्वारेन्टाइन चेकजाँचपछि भन्सार काटेर लैजानुपर्ने हुन्छ। तर, झोलामा राखेर साइकल र सफारीमा भित्राउने माछाको क्वारेन्टाइन र भन्सार दुवै नगरी भित्र्याइरहेको छ। मोटरसाइकल्मा तरकारी प्रहरी चेक पोस्ट अगाडी बाटै लोडगरिएको तरकारी सोजै ब्रहरी हुँदै लक्ष्मीपुर पतारी हुँदै घनगढिबा सम्म पुर्‍याउने दृश्य देख्न सकिन्छ। यसरी भित्राइएको विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाली उपभोक्ताले खरिद गरी खान बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com