ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकले भारतीय नागरिकहरु आन्दोलनमा , आसाम र त्रिपुरामा कर्फ्यु


एबीसी न्यूज
मंसिर २६, २०७६ बिहीबार  ३ : २६ बजे


एजेन्सी,  २६ मंसिर । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ ।

पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।

स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

आसाममा दंगा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गरेका छन् ।

लोक र राज्यसभा दुबैको बहुमतले नागरिकता विधेयक पारित गरेको हो । बुधबार राज्यसभाको १२६ सांसद पक्ष र १०५ सांसद विपक्षमा उभिएप्छि विधेयक पारित भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरिरहँदा प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । प्रतिपक्षी कांग्रेसले मात्र नभई ६ सयभन्दा बढी भारतीय लेखक, कलाकार, सिनेकर्मीलगायतले विधेयकले भारतीय लोकतन्त्रको धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक रुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।

विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेर भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था उल्लंघन गरेको बताएका छन् । नागरिकता विधेयक विनाशर्त फिर्ता गर्न प्रदर्शनकारीले माग गरेका छन् । उनीहरुले टायर बालेर सडक यातायात अवरुद्ध पारेका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको जनाइएको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनमा साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसको पनि समर्थन छ ।

लोकसभामा नागरिकता विधेयक पेश गर्नासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन ९नेसो० नामक संगठनले १० डिसेम्बरमा गरेको पूर्वोत्तर क्षेत्र बन्द आह्वानमा आसाम, त्रिपुरा, मेघालयसहितका स्थान ११ घण्टासम्म बन्द भएका थिए । बन्दलाई अल आसाम युनियन ९आसु० र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनले समर्थन गरेका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्लासमेत जलाएका छन् । गृहमन्त्री अमित शाहले भने धर्मको नाममा राजनीति गर्न खोजेको भन्दै विपक्षीको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com