ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव बसको क्याबिन र बोनोटमा महिला राख्न नपाईने


sharan sharan

बुटवल, २३ मंसिर ।
बुटवल र यस आसपासमा चल्ने सवारीसाधनहरुले अव देखि बसको बोनोट तथा क्याबिनमा महिला सवारी राख्न नपाउने भएकाछन् । सवारी साधन दुर्घटनाका कारणहरु मध्य धेरै घटनाहरुमा बोनोटमा महिला राखेको अवस्थामा दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गतका बसहरुमा बोनोट र क्याबिनमा महिला सवारी नराख्न प्रा.लिले निर्देशन दिएको छ ।
दिनहुं जसो सवारी दुर्घटनाबाट नागरिकहरुको ज्यान जान थालेपछि बुटवलमा सवारी साधनका चालकहरुलाई प्रशिक्षण शिविरमा राखिएको छ । ठूला साना सवारी दुर्घटनामा परेका १ सय ७५ बढी बस चालकलाई दुर्घटना न्युनिकरणका बिषयमा प्रशिक्षणमा राखिएको हो । पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिले गरेको प्रशिक्षण शिबिरमा सहभागिहरुबाट दुर्घटनाका धेरै कारणहरु मध्य बोनोटमा महिला राख्नु, सवारी चलाउंदा मोबाईल प्रयोग गर्नु, मापसे सेवन गर्नु, सवारी चेकजांच नगरि चलाउनु, ओभरलोड, सडकको दुराअवस्था तथा सरकारी निकायको नियमीत अनुगमन नभएको सहभागिहरुले गुनासो गरेकाछन् ।
सहभागिहरुको गुनासो सुने लगत्तै प्रा.लिका अध्यक्ष दधिराम खरेलले पश्चिम नेपालका कुनै पनि बसहरुमा क्याबिनमा महिला नराख्न र सवारी चलाएको अवस्थामा मोबाईल प्रयोग नगर्न चालकहरुलाई निर्देशन दिनुभयो । उहांले चालकको काम कोचाकोच सवारी राखेर साहुलाई धनी बनाउने नभै सुरक्षित गन्तब्यमा पु¥याउनु भएको बताउनु भयो । सारी कम हालेको भनेर ब्यवसायीले चालक निकाल्न नपाउने खरेलको भनाई छ ।
इातायात ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति पाण्डेले राज्यले पर्याप्त जनशक्ति नदिएका कारण नियमीत अनुगमनमा बाधा पुगेको बताउनु भयो । राज्यले यातायात ब्यवस्था कार्यालयमा कार्यालय चलाउन समेत नपुग्ने जनशक्ति दिएको पाण्डेको गुनासो छ ।
कर्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक राम प्रसाद शाह, एबिसी न्युजका प्रदेश ५ ब्यूरो प्रमुख शरण कर्माचार्य, प्रा.लिका संचालक जिवन बन्जाडे लगायतले प्रशिक्षण अन्तरक्रियात्मक र परिणाममुखी हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी निरिक्षक ज्ञानु पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
नेपालमा २ हजार ८ सय नागरिकको दुर्घटनाबाट मृत्यु हुने गरेको छ भने हरेक दिन ८ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com