ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप


admin
मंसिर २२, २०७६ आईतबार  ८ : ०९ बजे

काठमाडौं, २२ मंसिर । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ ।

झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएको हो । जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा फोरमका कार्यकर्ताले आफ्ना कार्यकर्ताको टाउँको फुटाइ दिएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुका साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

कूल छ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा वडामा सङ्घीय समाजवादी फोरम, दुई वटा वडामा नेपाली काँग्रेस र एक वटा वडामा नेकपाले जितेका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै नेपाली काँग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com