
बाँके,२२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भिर घाइते भएपछि उत्पन्न तनाव थप उग्र बनेको छ ।
आक्रोशित प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । आक्रोशित समूह र प्रहरीबीच ढुंगा अहिले ढुड्गा हानाहान भइरहेको छ । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी समेत गरेका छन् ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ । कोहलपुर–नेपालगन्ज सडकखण्डमा भएको प्रदर्शनले लामो तथा छोटोदुरीका दर्जनौं गाडीहरु बीच सडकमै रोकिदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर समेत गरेको छ ।

आज बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोक अगाडि ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दलाई ठक्कर दिएको थियो । स्कुले बालिका ट्रक ठक्करबाट गम्भिर घाइते भएपछि विद्यार्थीहरुको समूहले उक्त ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । अहिले कोहलपुर बजार बन्द भएको छ । स्थिति नियन्त्रणबाहिर जान नदिन नेपालगन्जबाट थप सुरक्षाकर्मी कोहलपुर पुर्याइएको छ ।









प्रतिक्रिया दिनुहोस्