बुटवल, २२ मंसिर ।
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले समयमा काम नसकि अलपत्र पारेका आयोजनाहरुलाई कारवाहि गरिने बताउनु भएको छ ।
संघिय सडक अन्तर्गत रुपन्देहीका बिभिन्न सडक योजनाहरु अनुगमन गरेपछि बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्बाङले लापरवाहि गर्ने, अलपत्र पार्ने, समयसिमामा नसक्ने जो कसैलाई पनि कारवाहिको दायरामा ल्याईने बताउनु भयो ।
भ्रमणवर्ष २०२० सुरु हुनै लाग्दा समेत भैरहवा लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको बताउंदै उहांले भैरहवा लुम्बिनी सडकका २ वटा पुलको ठेक्का टोडेर भएपनि काम अगाडी बढाईने स्पष्ट पार्नुभयो । डिसेम्बरको अन्तिम सम्म लुम्बिनी पुग्ने सडक एक तर्फि भएपनि कालोपत्रे हुने मन्त्री नेम्बाङको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै भौतिक पुर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्कीले यातायातमा सेण्डीकेट खारेज भै सकेको दाबी गर्दै सेण्डीकेट खारेज भएपनि त्यसपछिको अवस्थालाई नियमन गर्न केहि ढिलाई भएको स्विकार गर्नुभयो । उहांले सरकारले तोकेको भाडा भन्दा बढी बस भाडा लिनु अनियमितता भएको बताउंदै बढी भाडा लिनेहरुलाई प्रदेश यातायात कार्यालयहरुसंग समन्वय गरेर कारवाहि गरिने बताउनुभयो ।
मन्त्री नेम्बाङले शनिबार बुटवलका बिभिन्न सडक आयोजनाहरुको स्थलगत अनुगमन गर्नुका साथै कन्चन नदिको भैरवघाट पुलको उदघाटन गर्नुभएको थियो । लुम्बिनी सर्किंट सहतिको रुपन्देहीका ४१ किलोमिटर सडक र पुलहरु फाष्ट ट्रयाकको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्बाङले निर्देशन दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्