ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने– गृहमन्त्री थापा


admin

काठमाडौं, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पु¥याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र व्यवसायको प्रवद्र्धनमा ठूलो जोड पुग्ने बताउनुभएको छ ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा आज उहाँले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु ।”

सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताउनुभयो । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुकनै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ । प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो ।

यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नजिकै आएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ललितपुरमा आवश्यक पर्ने खुलकूदको व्यवस्था गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले महोत्सवले ललितपुरलाई विदेशीमाझ चिरपरिचित गराउने आँैल्याउनुभयो ।

क्लबका अध्यक्ष सन्दन थापा मगरले झम्सिखेलको स्थानीय स्रोतसाधनलाई बढावा दिन क्लबले प्रत्येक चार चार वर्षमा महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिनुभयो । महोत्सवमा कला, संस्कृति र हस्तकलाका विभिन्न सामग्री राखिनुका साथै विभिन्न किसिमका कक्षहरु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com