ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुभयो साहित्य महोत्सव


sharan sharan
मंसिर २०, २०७६ शुक्रबार  ११ : ०१ बजे

बुटवल, २० मंसिर ।
प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदशनीको प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गर्नुभयो ।
पुस्तक प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रगतिबादी साहित्यले राजनीतिक परिवर्तनमा सहयोग गरेको स्मरण गर्नुभयो । उहांले प्रदेश पांचको भूगोलले बहुभाषिक र बहुसांस्कृतिको प्रतिनिधित्व गरेको बताउंदै प्रदेशमा रहेको विविधताको साहित्य, कला र संस्कृतिलाई पूंजीको रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो । मुलूकको समृद्विका लागि प्रगतीबादी साहित्यकारहरुसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मन्त्री बरालको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ, नेपालका केन्द्रिय अध्यक्ष जीवेन्द्रदेव गिरीले राजनीतिक परिवर्तनसंगै समाजलाई सांस्कृतिक रुपमा रुपान्तररण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहांले परिवर्तनको क्षेत्रमा प्रगतिशील लेखक संघको भूमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै साहित्यको भूमिकालाई अभियानको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
पुस्तक प्रदर्शनीको पहिलो दिन संस्कृति र साहित्यवीचको अन्तरसम्बन्ध विषयमा घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य डाक्टर राजेन्द्र खनाल, पठन संस्कृतिको विषयमा वरिष्ठ आख्यान्नकार जंगबहादुर शाहले बिषयगत अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
आयोजक संस्थाका सचिव श्यामलाल पोखरेलका अनुसार पुस्तक प्रदर्शनीको पहिलो दिन करिव ३ हजार जनाले अवलोकन गरेको र ९० हजारको पुस्तकहरु विक्री भएको छ । पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु राखिएको छैन । पठन संस्कृति हराउंदै कमजोर हुंदै गएकाले नयां पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले साहित्य महोत्सव संगै पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रलेस रुपन्देहीका सचिव पोखरेलले बताउनुभयो ।
पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको छ । यस क्षेत्रको साहित्य, कला, संस्कृति र संङगीतको वर्तमान र भविश्यबारे छलफल गरिने छ ।
साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com