ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री पोखरेलले भन्नुभयो,– हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ


admin
मंसिर १९, २०७६ बिहीबार  ६ : २८ बजे

काठमाडौं, १९ मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ । राज्यको शक्तिका रूपमा रहेका जनता र कार्यकर्तालाई विगतमा राज्यविरुद्ध परिचालन गरिएको हुँदा अहिले राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन सकेको छैन ।” पर्यटन र जलस्रोतका साथै कृषिका माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्योग स्थापनामा जोड दिँदै उहाँले प्रदेशको समृद्धिका लागि काठमाडौँकै जस्तो कम्तीमा पनि एक–एक वटा स्वास्थ्य र शिक्षाका गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा राजन भट्टराईले लोकतान्त्रिक माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्ने क्रममा आइपर्ने चुनौतीलाई पन्छाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जनताको अपेक्षा सम्बोधन गर्ने मामिलामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अहिले अग्नि परीक्षामा रहेको धारणा व्यक्त गर्नुभयो । प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले असल नागरिक उत्पादन गर्न र मुलुकमा अहिले अवलम्बन भएको विकासको ढाँचा परिवर्तन गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ भन्नुभयो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङगेलले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका साथै प्राविधिकरूपमा छलाङ मार्ने अहिलेको अवसरलाई उपयोग गर्न युवाशक्तिको परिचालन नै महत्वपूर्ण आधार भएको बताउनुभयो । युवा स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले बहुराष्ट्रिय कम्पनीले कृषि बीउबिजनमा आधिपत्य कायम गर्न खोजिरहेको प्रति सरकार सचेत हुन आवश्यक छ भन्नुभयो ।

सांसद खेम लोहनी र पूर्वसांसद सावित्रा भुसालले स्थानीय तह विकास र समृद्धिको पक्षमा अग्रसर भएकै कारण स्वास्थ्य, शिक्षा, सडक यातायातका क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो । पूर्वसांसद सुरेश आलेमगरले मुलुकले समृद्धि हासिल गर्न आर्थिक, सामाजिक, औद्योगिक, साँस्कृतिक र राजनीतिक विकास आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा डा अधिकारी, उपाध्यक्ष ढुङगेल र डा दङ्गालले क्रमशः ‘नेपालमा समृद्धि र राजनीतिक दलहरु’, ‘समृद्धिका लागि युवा र कृषिप्रणाली’ तथा ‘खाद्य सम्प्रभुता र समृद्धि’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com