ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री पोखरेलले भन्नुभयो,– हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ


admin

काठमाडौं, १९ मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ । राज्यको शक्तिका रूपमा रहेका जनता र कार्यकर्तालाई विगतमा राज्यविरुद्ध परिचालन गरिएको हुँदा अहिले राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन सकेको छैन ।” पर्यटन र जलस्रोतका साथै कृषिका माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्योग स्थापनामा जोड दिँदै उहाँले प्रदेशको समृद्धिका लागि काठमाडौँकै जस्तो कम्तीमा पनि एक–एक वटा स्वास्थ्य र शिक्षाका गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा राजन भट्टराईले लोकतान्त्रिक माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्ने क्रममा आइपर्ने चुनौतीलाई पन्छाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जनताको अपेक्षा सम्बोधन गर्ने मामिलामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अहिले अग्नि परीक्षामा रहेको धारणा व्यक्त गर्नुभयो । प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले असल नागरिक उत्पादन गर्न र मुलुकमा अहिले अवलम्बन भएको विकासको ढाँचा परिवर्तन गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ भन्नुभयो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङगेलले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका साथै प्राविधिकरूपमा छलाङ मार्ने अहिलेको अवसरलाई उपयोग गर्न युवाशक्तिको परिचालन नै महत्वपूर्ण आधार भएको बताउनुभयो । युवा स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले बहुराष्ट्रिय कम्पनीले कृषि बीउबिजनमा आधिपत्य कायम गर्न खोजिरहेको प्रति सरकार सचेत हुन आवश्यक छ भन्नुभयो ।

सांसद खेम लोहनी र पूर्वसांसद सावित्रा भुसालले स्थानीय तह विकास र समृद्धिको पक्षमा अग्रसर भएकै कारण स्वास्थ्य, शिक्षा, सडक यातायातका क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो । पूर्वसांसद सुरेश आलेमगरले मुलुकले समृद्धि हासिल गर्न आर्थिक, सामाजिक, औद्योगिक, साँस्कृतिक र राजनीतिक विकास आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा डा अधिकारी, उपाध्यक्ष ढुङगेल र डा दङ्गालले क्रमशः ‘नेपालमा समृद्धि र राजनीतिक दलहरु’, ‘समृद्धिका लागि युवा र कृषिप्रणाली’ तथा ‘खाद्य सम्प्रभुता र समृद्धि’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com