ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति


admin
मंसिर १९, २०७६ बिहीबार  ५ : ५४ बजे

काठमाडौं, १९ मंसिर । रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफलका क्रममा आज सो समिति गठनको प्रस्तावमा सहमति जुटेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने निर्देशन समितिमा प्रधानसेनापति, शिक्षा, गृह, रक्षा, स्वास्थ्य, कृषि र उद्योग मन्त्रालयका सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक सदस्य रहनेछन् । समितिमा मन्त्रालयले मनोनीत गर्ने एक महिलासहित तीनजना विज्ञ सदस्य रहने र शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव हुने प्रस्ताव गरिएको छ । विधेयकमाथि बुधबारदेखि समितिमा दफावार छलफल शुरु भएको छ । समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको दफा २१ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकिरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ । त्यस्तै ‘पारमाणविक पदार्थ’ भन्नाले युरेनियम २३३, युरेनियम २३५ वा परिमार्जित गरिएको युरेनियम, प्लुटोनियम र यसका आइसोटोप्स भनी परिभाषित गरिएको छ ।

विधेयकको दफा ४ मा सरकारले रेडियोधर्मी पदार्थको तथा संयन्त्रको नियमनसम्बन्धी कार्य गर्न एक नियमनकारी निकायको स्थापना गर्ने र नियमनकारी निकायको स्थापना नभएसम्म सोसम्बन्धी कार्य शिक्षा मन्त्रालयले गर्ने व्यवस्था गरेको छ । साथै पारमाणविक पदार्थसम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
अनुसन्धान केन्द्रले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिका लागि दक्ष र आवश्यक जनशक्ति विकास गर्ने, विभिन्न प्रकारका विकिरणको प्रभावबाट हुनसक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन अनुसन्धान गरी सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षणका लागि आवश्यक कार्य गर्नेछ । यसका साथै केन्द्रले स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणका लागि पारमाणविक प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विधेयकमा उल्लेख छ ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको व्यवस्थापन गर्न, यसको अध्ययन अनुसन्धान गरी जनशक्ति तयार गर्न र अन्य मुलुकबाट नेपालाई हुने रेडियोधर्मीका असरको क्षतिपूर्ति दिलाउनु विधेयक ल्याउनुपरेको धारणा व्यक्त गर्नुभएको थियो ।रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकिरणबाट पर्नसक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न सो विधेयक ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com