
पाल्पा, १९ मंसिर । पाल्पामा जीप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना भएको हो । बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा विहिबार विहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले सम्म मृतकको पहिचान हुन सकेको छैन । गाडी सडकदेखि २ सय मिटर तल खसेको छ । के कति कारणले जिप दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना पुरुष रहेका छन् ।







प्रतिक्रिया दिनुहोस्