ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयोे– रक्षामन्त्री पोखरेल


admin

काठमाडौं, १८ मंसिर । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो ।

स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताउनुभयो । “तर तीन तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

केन्द्र सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उहाँको धारणा छ । देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यही सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उहाँले प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

किराँत धर्मवालम्बीका धर्मगुरु फल्गुनन्दका अवतारका रूपमा परिचित आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिने बताउनुभयो । महागुरु फल्गुनन्दको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निभ्न दिनु नहुने उहाँले बताउनुभयो । देशमा १२४ जातजाति र १०० बढी भाषाभाषीहरु रहेको बताउँदै उहाँले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन नलाग्ने जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रममा तत्कालिन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्र भइसक्ने बताउनुभयो । यस सडकभित्र पर्ने सबै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिालन्यास भइसक्ने बताउँदै उहाँले अब यहाँ विकासको शुरु भइसकेको बताउनुभयो । जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com