ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र भारतका सीमा महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ


admin
मंसिर १७, २०७६ मंगलबार  १ : ४६ बजे

काठमाडौं,  १७ मंसिर । चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ ।

“नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”, बगर छेउमै बालुवा छान्दै गरेकी खल्लामसेटीका स्थानीय विमला महताले रासससित भन्नुभयो, “सीमास्तम्भ बालुवाले ढाकिने अवस्थामा पुगिसक्यो ।” स्थानीयवासी भने सीमास्तम्भको जीर्णोद्धार नहुँदा सीमा छुट्याउनै सकस पर्ने बेला आरइरहेकोप्रति चिन्तित छन् ।

“दार्चुलामा बाढीले धेरै नोक्सान पु¥याएको र गत साल आएको महाकाली बाढीले यो सीमास्तम्भ ढालेको हो”, खल्लामसेटीका गणेशबहादुर रोकायाले भन्नुभयो, “अरुबेला वास्ता नगर्ने भूमि अतिक्रमण हुँदा मात्रै आवाज उठाउने हाम्रो बानी नै भइसक्यो ।” उहाँले स्थानीय प्रशासनको पहलमा भए पनि भारतीयसित समन्वय गरेर सीमाजस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरी बल ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले कञ्चनपुरको सिमानामा पर्ने ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनार हुँदै भीमदत्त नगरपालिका–११ भुजेलसम्म पाँच वटा मुख्य सीमास्तम्भ नै नभएको बताउनुभयो । “मुख्य सीमास्तम्भ नं ८१३ ढलेको अवस्थामा छ”, उहाँले भन्नुभयो, “त्योभन्दा माथि उत्तरतर्फ मुख्य सीमास्तम्भ ८१४, ८१५ र ८१६ छैनन् ।” उहाँले उक्त तीन वटा मुख्य सीमास्तम्भसहित सात वटा सहायक गरी उक्त क्षेत्रमा १० वटा सीमास्तम्भ नै हराइरहेको बताउनुभयो ।

“हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन वटा सीमास्तम्भ महाकाली नदीको पानीमा पर्छ”, सशस्त्र प्रहरी निरीक्षक खनालले भन्नुभयो, “हामीले यहाँको सीमा क्षेत्रको सबैखाले अपडेट केन्द्रमा पठाइरहेका छौँ ।” त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमास्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ । स्थानीयवासी र सशस्त्र प्रहरी बलको रेकर्डमा उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर ९टनकपुर क्षेत्र० मा पर्छ तर भारतीय पक्षले भने महाकाली नदीको तटबन्धभन्दा करिब ६० मिटर वर ९नेपालतर्फ० दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ ।

सोही क्षेत्रमा गत वर्ष भारतीय पक्षले सडक कालो पत्रे गर्ने क्रममा विवाद भएको थियो । स्थानीय प्रशासनले दुवै देशको सर्वे टोलीको निर्णयपछि मात्रै सडक कालोपत्रे अगाडि बढाउने सहमतिपछि भारतीय पक्षपछि हटेको थियो । “सो क्षेत्रमा भारतीय पक्षले स्थानीय खडक सार्कीलाई घरसमेत बनाउन दिएको अवस्था छैन”, उहाँले भन्नुभयो, “ब्रह्मदेव क्षेत्रमा सीमास्तम्भ नहुँदा नै नेपाल–भारतबीच समय समयमा विवाद हुने स्थिति बन्छ ।” सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० ९२० काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो ।

“दुवै देशका सर्वे टिम आएर सीमा मर्मत तथा स्पष्टसित छुट्याउन सके यहाँ समस्या नै हुँदैन ।” खनालले भन्नुभयो, “सीमास्तम्भ नभएको क्षेत्रमा बेलाबखत लफडा परिरहेको देखिन्छ ।”त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नबास, बेलौरी र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा पनि सीमा विवाद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com