ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईको गाडी नम्बर जोर की बिजोर! भोलि देखि जोर बिजोर प्रणाली लागू


admin
मंसिर १४, २०७६ शनिबार  ८ : ५३ बजे


काठमाडौं, १४ मंसिर । तपाईको गाडी नम्बर जोर की विजोर रु यदी जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता साग हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही खेल शुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ । “खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो, आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो । समापनको दिन मङ्सिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ । सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएको छ ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । झण्डै दुई दशकपछि नेपालले तेस्रो पटक साग आयोजना गर्ने अवसर पाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को सङ्घारमा आयोजना भएको सागले विश्वमै नेपालको प्रचार हुने भएकाले पनि शान्ति सुरक्षा अझै विशेष छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको सुरक्षा समन्वय समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । जनकपुरमा प्रदेश नं २ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

खेलाडीलाई आवासस्थानदेखि खेलस्थलसम्म जान आउनका लागि प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । प्रहरीले विमानस्थल प्रवेशद्वारदेखि नै खेलाडी र विशिष्ट पाहुनाको विशेष सुरक्षा निगरानी गरेको छ भने आवागमनका लागि सुरक्षा सहजीकरण गरिरहेको छ । प्रहरी महानिरीक्षक खनालले सुरक्षामा कुनै सम्झौता नगरी जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी र नेपाली सेनालेसमेत आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय अनुसन्धानले सुक्ष्म रुपमा परिस्थितिको अनुसन्धान र विष्लेषण गर्ने गरी सुरक्षा समन्वय गरिएको छ ।

आवश्यक मात्रामा सादा पोशाकमा प्रहरी परिचालन भएको र थप सुरक्षा बलसमेत तयारी अवस्थामा राखिएको छ । सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ । यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन् । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ । साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी पुरिएको छ । खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ । सडकका विभिन्न क्षेत्रमा सागसँग सम्बन्धित तुल र ब्यानर राखिएको छ । सागको मस्कट कृष्णसारको आकृतिमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com