ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन अपडेट : भक्तपुरमा मतगणना आजै सुरु गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन


admin
मंसिर १४, २०७६ शनिबार  ५ : ५४ बजे

भक्तपुर,१४ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ क मा बिहानभन्दा मध्याह्नपछि मतदान गर्ने मतदाताको बाक्लो उपस्थिति रहेको छ । प्रदेश सभा सदस्यको लागि भएको उपचुनावमा उत्साहजनक रुपमा मत खसिरहेको छ । उपचुनावका लागि २२ मतदान स्थल र ५४ मतदान केन्द्र तोकिएको छ । दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मत खसेको कार्यालयले जानकारी दिनुभएको छ । त्यस्तै श्रीकृष्ण मावि खरिपाटीमा बिहन १० बजेसम्म मतदाताको कम सहभागिता भए पनि मध्याह्नपछि मतदाताको संख्या बढेको स्थानीय मनोज गिरीले बताउनुभयो । भक्तपुर क्षेत्र नम्बर १ क मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा शान्तिपूर्ण रुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरकोट वडा कार्यालयको मतदान केन्द्रमा बिहानैदेखि नै मतदाता आएको र मध्याह्नसम्म उत्साहजनक रुपमा मतदान भैरहेको स्थानीय सोम शर्मा बजगाईँले जानकारी दिनुभयो । यता चाँगुनारायण नगरपालिकाको ताथलीको गणेश मावि मतदान केन्द्रमा बिहानैदेखि उत्साहजनक रुपमा मतदान भैरहेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गर्नुभएको छ । उहाँले चाँगुनारायण २ को दुवाकोट वडा कार्यालयको मतदान केन्द्र, वडा नम्बर ३ झौखेल वडा कार्यालयको मतदान केन्द्र, भक्तपुर वडा नम्बर १० को सरस्वती विद्यागृहको मतदान केन्द्रको अवलोकन गर्नुभएको हो ।

उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपा का उम्मेदवार डि।पी। ढकालले बिहान ७ः३० बजे भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृहको मतदान केन्द्रमा मतदान गर्नुभयो भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले ११ बजे चाँगुनारायण मावि मतदान केन्द्रमा मतदान गर्नुभयो । अनुगमनपछि उहाँले शान्तिपूर्ण रुपमा उपचुनाव सुरु भएको र मतदाताको उत्साह देखेर आफू खुशी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो मतगणना आजैबाट सुरु गर्नुस्, नजिता छिटो दिनुपर्छ ।उहाँले ’प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानलाई मतदानमा सुरक्षा व्यवस्था मजबुत भएको बताउँदै मतगणना आजैबाट सुरु गर्न निर्देशन दिनुभयो । २१ हजार नौ सय ३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको क्षेत्रमा उपचुनावका लागि नौ वटा दलका नौ जना उम्मेदवार र १० जना स्वतन्त्र उम्मदेवार गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com