ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६: मतदाताको उत्साह हेर्दै प्रमुख आयुक्त


admin
मंसिर १४, २०७६ शनिबार  २ : ३३ बजे

 

काठमाडौं, १४ मंसिर । जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गर्नुभएको छ । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा क को उपनिर्वाचनमा अनुगमनका क्रममा उहाँले चाँगुनारायण नगरपालिका–२ दुवाकोट वडा कार्यालयको मतदान केन्द्र, ३ झौखेल वडा कार्यालयको मतदान केन्द्र, भक्तपुर नगरपालिका–१० को सरस्वती विद्यागृहको मतदान केन्द्रको अवलोकन गर्नुभएको हो ।

प्रमुख आयुक्त थपलियाले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको मतगणनास्थलको पनि अनुगमन गर्नुभयो । अनुगमनपछि उहाँले शान्तिपूर्ण रुपमा उपनिर्वाचन शुरु भएको र मतदाताको उत्साह देखेर आफू खुशी भएको बताउनुभयो । उहाँले प्रजिअ नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानलाई मतदानमा सुरक्षा व्यवस्था मजबुद पाइएकाले मतगणना आजैदेखि शुरु गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मतगणना आजैबाट शुरु गर्नुस र नजिता छिटो दिनुपर्छ ।”

भक्तपुरका सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान जारीे छ । बिहानभन्दा मध्याह्नपछि मतदान गर्न मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदान गर्न मतदाताको उत्साहजनक सहभागिता छ । प्रदेश क मा चाँगुनारायण नगरपालिकाको नौवटा र भक्तपुर नगरपालिका–१० मा गरी १० वटा वडामा कूल २२ मतदानस्थलका र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । भक्तपुुरमा अहिलेसम्म ४० प्रतिशत मत खसेको कार्यालयले जनाएको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो प्रदेशसभा सदस्य क्षेत्रमा बिहानैदेखि उत्साहजनक रुपमा मतदाता लामबद्ध भएका छन् ।

उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा छन् ।नगरकोट वडा कार्यालयको मतदान केन्द्रमा बिहान ६ बजेदेखि नै मतदाता आएको र मध्याह्नसम्म उत्साहजनक रुपमा मतदान भइरहेको स्थानीयवासी सोम शर्मा बजगार्इंले जानकारी दिनुभयो । श्रीकृष्ण मावि खरिपाटीमा भने बिहान १० बजेसम्म न्यून सङ्ख्यामा मतदाता आए पनि ११ बजेपछि भने मतदाताको सङ्ख्या बढेको स्थानीयवासी मनोज गिरीले जानकारी दिनुभयो । बिहान चिसोका कारण र काममा जानेहरुका कारण मतदाता कम आए पनि दिउँसो भने उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाको ताथलीस्थित गणेश मावि मतदान केन्द्रमा पनि बिहानदेखि उत्साहजनक रुपमा मतदान भइरहेको छ । मतदाताको उल्लेख्य रुपमा सहभागिता रहेको यस केन्द्रमा ११ बजेसम्म एक चौथाइ मतदान भइसकेको स्थानीयवासी सुवास ढुङ्गानाले जानकारी दिनुभयो । उम्मेदवारमध्ये नेकपाका उम्मेदवार डिपी ढकालले बिहान ७ः३० बजे भक्तपुर नगरपालिका १० सरस्वती विद्यागृहको मतदान केन्द्रमा मतदान गर्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले ११ बजे चाँगुनारायण मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com