ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : शान्तिपूर्णरुपमा मतदान जारी


admin
मंसिर १४, २०७६ शनिबार  १ : ५७ बजे

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो । केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ । सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।

भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपले जारी छ । मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५।०३, हिलिहाङ गाउँपालिका–७ मा २०।१९ र फाल्गुनन्द गाउँपालिकामा ४९।८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिनुभयो ।

बागलुङ–२ ९ख० र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ । विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान ७ बजेबाट नै मतदान शुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । निर्वाचनका लागि एक मतदान केन्द्र र दुईवटा मतदानस्थल तोकिएको छ ।

प्रजिअ कोशहरि निरौलाका अनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको छ । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको छ । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताउनुभयो । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सञ्चालन भइरहेको छ । निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ । मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो ।कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com