ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : शान्तिपूर्णरुपमा मतदान जारी


admin

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो । केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ । सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।

भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपले जारी छ । मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५।०३, हिलिहाङ गाउँपालिका–७ मा २०।१९ र फाल्गुनन्द गाउँपालिकामा ४९।८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिनुभयो ।

बागलुङ–२ ९ख० र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ । विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान ७ बजेबाट नै मतदान शुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । निर्वाचनका लागि एक मतदान केन्द्र र दुईवटा मतदानस्थल तोकिएको छ ।

प्रजिअ कोशहरि निरौलाका अनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको छ । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको छ । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताउनुभयो । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सञ्चालन भइरहेको छ । निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ । मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो ।कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com