
काठमाडौं, १३ मंसिर । नेकपा विप्लव समूहमा सक्रिय दुई जनाले शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा सो समूह परित्याग गरेका छन् । सो समूह परित्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका २५ वर्षीय राजेश बुढा र परिवर्तन गाउँपालिका–५ रोल्पा घर भई रुकुम पूर्वको भूमे गाउँपालिका–६ महतमा बस्दै आउनुभएका ३१ वर्षीय धनबहादुर ओली रहनुभएको छ । बुढा सहकारीको प्रबन्धक हुनुहुन्छ भने ओली व्यवसायी हुनुहुन्छ ।
उहाँहरुले प्रेस विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष विप्लव समूहसँगका सबै नाताहरु टुटाई आगामी दिनहरुमा उक्त नेकपा विप्लव समूहसँग कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गर्नभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले भन्नुभयो, “समाजमा अवैधानिक क्रियाकलाप गर्दै हिँड्नेलाई कानूनको दायरामा ल्याई कारवाही गर्छौं, उहाँहरु स्वेच्छाले आत्मसमर्पण गर्न आउनुभएको छ ।”
सरल जीवनयापनका लागि उहाँहरु दुवैलाई सिस्ने गाउँपालिका–५ निवासी वीरेन्द्र बस्नेतको जिम्मा र पत्रकारको रोहवरमा छोडिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका प्रजिअ मोहाप्रसाद अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्