ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मिडियाले नेपाल, भारत र चीनलाई नजिक्याउन सहयोग गर्नुपर्छ”


admin
मंसिर १३, २०७६ शुक्रबार  ७ : १२ बजे

काठमाडौं, १३ मंसिर । नेपाल चीन सम्बन्धलाई मिडियालाई सकारात्मक ढङ्गले उजागर गर्नुपर्नेमा बुद्धिजीवी तथा सञ्चारकर्मीले जोड दिनुभएको छ । नेपाल चाइना मिडिया फोरमद्वारा ‘नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न मिडियाको भूमिका’ विषयमा आज आयोजित विचारगोष्ठीमा कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागीले दुवै देशबीचको सम्बन्धबारेको इतिहास राम्रोसँग अध्ययन गरी त्यसबाट केही सिकेर सम्बन्ध अघि बढाउन पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

उद्घाटनपछिको छलफल सत्रमा काठमाडौँ स्कूल अफ लका कार्यकारी निर्देशक तथा प्रमुख प्रा डा युवराज सङ्ग्रौलाले कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ राष्ट्रपति सी चिन फिङले सार्वभौमिकता, भौगोलिक अखण्डता, सुरक्षा, स्थिरता र समृद्धिको स्पष्ट अवधारणाका साथ ल्याएको बेल्ट एण्ड रोड इनिसियटिभलाई ऋणको पासोमा पार्ने तथा साम्राज्यवाद विस्तार गर्ने भनी आरोप लगाउनाको अर्थ नहुने बताउँदै चीनबाट लगानी, पर्यटक र रेल आउँदैमा साम्यवाद नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मिडियाले नेपाल, भारत र चीनलाई जुधाउनेभन्दा पनि नजिक्याउन सहयोग गर्नुपर्छ ।”

पत्रकार युवराज घिमिरेले दलहरुले राजनीतिक सार्वभौमिकता अरुलाई बुझाएको आरोप लगाउँदै अहिले भौगोलिक सार्वभौमिकता मिचिएको भनी कराउनुको अर्थ नहुने बताउनुभयो । “दलहरुले पहिले सार्वभौमिकताको चरित्र देखाउन सक्नुपर्छ ”, उहाँले भन्नुभयो । प्रा डा सङ्ग्रौलाको कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति विभागका कार्यक्रम समन्वयकर्ता प्रा डा खड्ग केसीले नेपालले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी आदिका माध्यमबाट चीनसँगको सम्बन्ध र संलग्नता बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालको राष्ट्रिय हित हेरी चीनबाट लगानी ल्याउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

पत्रकार घिमिरेको कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार तीर्थ कोइरालाले नेपाल चीन प्राचीन सम्बन्धलाई उजागर गर्दै समयानुकूल सम्बन्ध विस्तारमा जोड दिनुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि पत्रकारले सचेत भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशबीचको सम्बन्धका समसामयिक चुनौतीलाई पनि उजागर गर्न पत्रकारलाई आह्वान गर्नुभयो ।

यसअघि आज बिहान भएको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासका लागि नेपाल, भारत र चीन त्रिदेशीय साझेदारीमा जोड दिनुभएको थियो । उहाँले देशहरुबीच भौतिक विकास मात्र नभई विचारात्मक बहस पनि अघि बढाउन पत्रकारलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले चिनियाँ लगानी आकर्षण गरी निर्यात बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने र बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सियालोङले नेपाल चीन कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा जोड दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल चीन सम्बन्ध सरकारस्तर, जनस्तर र राजनीतिक दलस्तरमा भइरहेको बताउँदै नेकपा नेतृत्वको सरकारले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन योगदान दिएको विचार व्यक्त गर्नुभयो । सन् २००९ मा स्थापित मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल चीन सम्बन्ध व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउँदै फोरमको पहलमा पत्रकारहरुलाई चिनियाँ भाषा प्रशिक्षण दिन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com