ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना उद्यमीलाई पूँजीको अभाव हुँदैन– अर्थमन्त्री खतिवडा


admin
मंसिर १२, २०७६ बिहीबार  ३ : ५६ बजे

काठमाडौं, १२ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरीद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले गुणस्तरीय सामान कम लागतमा उत्पादन गर्न आवश्यक पर्ने नीति निर्माण परिमार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस क्षेत्रका उद्यमीले अब अन्तरराष्ट्रिय बजारको मागअनुसार प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करीब रु १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेकाले यसको विकास गर्न सकेमा रोजगारी विकास भई देश समृद्ध बन्ने विचार राख्नुभयो ।

यही मङ्सिर १६ गतेसम्म हुने मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन् । अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने वेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन् । स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।

मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com