काठमाडौं, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्कमा यात्रुवाहक बस दुर्घटना हुदाँ १२ जनाको ज्यान गएको छ । सन्धिखर्कबाट बुटवल जाँदै बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । घटनामा अन्य केही यात्रु घाइते भएका छन् ।
लु २ ख २१४८ नम्वरको बस नरपानी भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस पुर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्