ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालीमा भएको हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु


admin
मंसिर १०, २०७६ मंगलबार  ८ : ०५ बजे

पेरिस, १० मङ्सिर । मालीमा हेलीकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् ।

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो । फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ ।मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलीकोप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै मालीमा दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

मालीमा सरकारविरूद्ध सङ्घर्षरत स्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरूलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो ।विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेका समय सेनाको लागि बन्दोवस्तीका सामान र खाद्यान्न बोकेको एक हेलीकोप्टर कोउगर र लडाकू हेलीकोप्टर टाइगर एक आपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताउनुभयो । म्याक्रोँले दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरूसँग फ्रान्सको एलिसी दरबारमा भेटवार्ता गर्नुभएपछि उक्त कुरा बताउनुभएको हो । मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार ५०० ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com